सिद्धार्थ बैंक लिमिटेड र माया मनोर बुटिक होटेल प्रालिबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्न सम्झौता भएको छ ।
सम्झौताअनुसार हात्तीसार काठमाडौंस्थित माया मनोर बुटिक काठमाडाा बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै यस्ता प्रकृतिका विभिन्न संस्थासंग सहकार्य गर्दै आइरहेको छ ।