विभागीय टोली एपीएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा आज उज्वेकिस्तानको पीएफसी नसाफविरुद्ध खेल्दैछ।
उज्वेकिस्तानको घरेलु मैदानमा हुने खेल सोमबार राति सवा ९ बजे सुरु हुनेछ।
अनिता बस्नेतको कप्तानीमा मैदान उत्रने एपीएफ उच्च मनोबलमा मैदान उत्रनेछ। मिडफिल्ड र डिफेन्सिभ लाइनमा बलियो देखिएको एपीएफको आक्रमण भने केही कमजोर हुने आशंका छ।
दोस्रो खेलमा १२ गते बिहीबार थाइल्यान्डको कलेज अफ एसियन स्कोलर्ससँग र समूह चरणको अन्तिम खेलमा १६ गते सोमबार साउदीको अल नसारविरुद्ध भिड्ने तालिका छ।
समूह चरणका खेलहरू अगस्ट २३ देखि ३१ सम्म उज्बेकिस्तानमा हुनेछन्। छनोटमा सहभागी १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ।
समूह चरणमा ४ समुहमा ४ टोली र एक समूहमा ३ टोली छन्। हरेक समूह विजेताले फाइनल चरणमा स्पर्धा गर्नेछन्।
यसअघि नै छनोट भइरहेका ७ टोलीसहित छनोट चरण पार गर्ने ५ गरी १२ टोलीले फाइनल चरणमा प्रतिष्पर्धा गर्नेछन्।