तिजअघिको सुन घट्यो, चाँदीको मूल्य बढ्यो

तिजको अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको हो।

महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ, जबकि आइतबार सोही सुनको मूल्य तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ। आइतबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार रु ५ बढेर २ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।