विरगञ्जमा हैजा–झाडापखालाका बिरामीलाई निःशुल्क उपचारको आश्वासन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीरगञ्जस्थित नारायणी अस्पतालमा हैजा र झाडापखालाका बिरामीलाई निःशुल्क उपचार र औषधि उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री पौडेल आज वीरगञ्ज पुगेका थिए, जहाँ उनले आसपास क्षेत्रमा फैलिएको हैजा र झाडापखालाको अवस्थाबारे अवलोकन गर्दै अस्पताल व्यवस्थापनलाई संक्रमित बिरामीलाई निःशुल्क सेवा सुनिश्चित गर्न निर्देशन दिए ।

“यहाँ आउने बिरामीलाई आवश्यक पर्ने जुनसुकै औषधि पनि निःशुल्क उपलब्ध गराउनुपर्छ,” मन्त्री पौडेलले भने, “विश्व स्वास्थ्य संगठन (WHO) को प्रोटोकलअनुसारका औषधि पर्याप्त भए ठीकै हो, नभए थप औषधि पनि अस्पतालले निःशुल्क उपलब्ध गराउनुपर्छ ।”

सो अवसरमा मन्त्री पौडेलले अस्पतालको स्वास्थ्य सेवा र बिरामीको गुनासोबारे जानकारी लिए । बिरामीहरूले आवश्यक औषधि किन्नुपर्ने अवस्था रहेको बताएपछि उनले अस्पताल व्यवस्थापनलाई परीक्षणदेखि उपचारसम्म कुनै शुल्क नलिन कडाइका साथ निर्देशन दिए ।

मन्त्री पौडेलले तीन तहका सरकारबीच समन्वय गरी आवश्यक औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । “औषधि जसरी पनि व्यवस्था गरिन्छ, बिरामीलाई सेवा दिन रोकावट आउन दिइने छैन,” उनले स्पष्ट पारे ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चुуман लाल दासका अनुसार हाल ४८ जना बिरामी हैजा र झाडापखालाको उपचारमा छन् ।