होन्डा कारमा दशैं विशेष अफर, ४ लाखसम्म छुटसहित सुविधा उपलब्ध

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले दशैंको अवसरमा आकर्षक योजना सार्वजनिक गरेको छ । “चंगा उड्छ फरर, होन्डा कारमा सरर” नामक योजना भदौ ७ गतेदेखि कार्तिक १४ गतेसम्म नेपालभरका सबै होन्डा शोरूममा लागू हुनेछ ।

कम्पनीका अनुसार, चाडपर्वमा गाडी खरिद गर्न चाहने ग्राहकहरूले उत्कृष्ट मूल्य र सेवा प्राप्त गर्न सक्नेछन् । योजना अन्तर्गत ग्राहकहरूले ४ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् ।

साथै, ५ वर्षको निःशुल्क सर्भिसिङ, १ वर्षको फुल इन्स्योरेन्स र सडक करमा १ वर्षको छुटको सुविधा पनि उपलब्ध गराइनेछ । पुराना गाडी साटेर नयाँ होन्डा लिने ग्राहकलाई २५ हजार रुपैयाँ बराबरको एक्सचेन्ज बोनस पनि दिइने कम्पनीले जनाएको छ ।

त्यसैगरी, हरेक गाडी खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी र एक पटकको निःशुल्क रोडसाइड असिस्टेन्सको सुविधा पनि उपलब्ध हुनेछ । कम्पनीले यी सबै सुविधाले ग्राहकलाई होन्डा गाडी स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव दिने विश्वास व्यक्त गरेको छ ।

यो अफर होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज र सिटी फिफ्थ जेनेरेसनमा उपलब्ध हुनेछ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. लामो समयदेखि नेपालमा उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको विश्वसनीय नाम हो ।