मेटलाइफ नेपालले तीन स्थानमा आफ्ना एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको छ ।
कम्पनीले पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालय विस्तार भएसँगै अब हजारौँ परिवारलाई नजिकमै जीवन बिमा र वित्तीय परामर्श सेवाको सहज पहुँच उपलब्ध हुने कम्पनीले जनाएको छ । जीवन बिमा वित्तीय सुरक्षाका लागि झन् आवश्यक बन्दै गएका वेला मेटलाइफ नेपालले परिवार र व्यवसायहरूलाई थप सुरक्षा सहज बनाउन सार्थक कदम चालिरहेको कम्पनीको दाबी छ ।
साथै, कम्पनीले देशका विभिन्न क्षेत्रमा बिमा सेवाको पहुँच विस्तार गर्दै अझ धेरै परिवारलाई सुरक्षित भविष्यको योजना बनाउन, प्रियजनलाई सुरक्षित राख्न र जीवनका अनिश्चितताविरुद्ध वित्तीय प्रतिरोधात्मक क्षमता बलियो बनाउन खोजेको बताइएको छ । ‘पर्सा, कावासोती र दमौलीमा कार्यालय खोल्नु केवल सञ्जाल विस्तार मात्र होइन ।
कम्पनीका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने, ‘यो त बरु बिमा सुरक्षालाई मानिसको दैनिक जीवनमा नजिक ल्याउने हाम्रो संकल्प हो ।