नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिट (रिसोर्ट)ले द्विपक्षीय सम्झौता गरेका छन् । यो सम्झौता नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य तथा ग्राहकलाई छुट प्रदान गर्न गरिएको हो ।
सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र माउन्टेन भिस्टाका बिक्री निर्देशक प्रदीप शर्मा अधिकालले हस्ताक्षर गरे । यससँगै मण्डनदेउपुर नगरपालिका– २, स्थित उक्त रिसोर्टमा बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकले रिसोर्टले प्रदान गर्ने सेवाबापतको शुल्कमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।