प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.–२ स्थित मार्फा प्यालेस होटलबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ। उक्त समझदारीपत्रमा मार्फा प्यालेस होटलतर्फ केशव रिजाल र प्रभु बैंक तर्फ जोमसोम क्लस्टर प्रमुख तथा शाखा प्रबन्धक नरेन्द्र थकालीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा अन्य विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन सेवामा १५ प्रतिशत छुट पाउनेछन्।
स्याउको राजधानीका रूपमा परिचित मार्फा गाउँमा रहेको मार्फा प्यालेस होटलले परिवारमैत्री, आरामदायी बसाइ र उत्कृष्ट सेवाका साथ नयाँ पर्यटन गन्तव्यको रूपमा परिचय बढाउँदै आएको छ।
प्रभु बैंक र मार्फा प्यालेस होटलबीचको यो साझेदारीले मुस्ताङको पर्यटन प्रवद्र्धन गर्नुका साथै बैंकका ग्राहकहरूलाई विशेष लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ।