झापा इनर्जीको आइपिओ २० भदौदेखि – कसकसले भर्न मिल्छ ?

झापा इनर्जी लिमिटेडले २० भदौदेखि चार लाख ७३ हजार तीन सय ३६ कित्ता साधारण सेयर (आइपिओ) सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले नौ लाख ५० हजार चार सय ७५ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो । त्यसमध्ये पहिलो चरणमा तीन लाख ८० हजार एक सय ९० कित्ता आयोजना प्रभावित स्थानीयलाई र ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री गरिसकेको छ । अब भने कम्पनीले २८ हजार पाँच सय १४ कित्ता सामूहिक लगानी कोष र ११ हजार चार सय ६ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी बसेको चार लाख ७३ हजार तीन सय ३६ कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।