नेपाली चलचित्र ‘कोशेढुंगा’ को प्रिमियर शो सम्पन्न,आजदेखि प्रदर्शनमा

नेपाली चलचित्र ‘कोशेढुंगा’ को प्रिमियर शो सम्पन्न भएको छ ।
बुधबार काठमाडौंको सिभिलमल स्थित क्यूएफएक्समा आयोजित एक समारोहकाबीच चलचित्र ‘कोशेढुंगा’ को प्रिमियर शो सम्पन्न भएको हो ।

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतमलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
नेपाली चलचित्रको इतिहासकै व्यावसायिक कीर्तिमानी चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले यो चलचित्र निर्देशन गरेका हुन् ।

यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष् अविरल र रिदम कँडेलको संगीत छ ।

नरदेवी फिल्म्स र सारंगी फिल्म्सले निर्माणमा सहकार्य गरेको यो चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन् ।
चलचित्र आज देखि देशभर रिलिज भएको छ । यो चलचित्र नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने छ ।