पढाईसँगै कमाई : इम्बार्क कलेजको नयाँ पहल

नेपालमा व्यावसायिक शिक्षा र रोजगारी बीचको खाडललाई कम गर्न, इम्बार्क कलेजले दुई महत्त्वपूर्ण कार्यक्रमहरू घोषणा गरेको हो । इम्बार्क कलेजले प्रशिक्षण कार्यक्रम र स्टार्टअप क्षमता निर्माण कार्यक्रम ल्याएको हो ।

यी कार्यक्रमहरू भविष्यका व्यावसायिक नेताहरू विकास गर्न, रोजगारी सुनिश्चित गर्न र नेपालमा उद्यमशीलता प्रवर्द्धन गर्न डिजाइन गरिएका हुन्।

एम्बार्क कलेजले स्नातक तहका विद्यार्थिहरुलाई शैक्षिक जीवनबाट व्यावसायिक जीवनमा संक्रमण गर्दा सामना गर्ने अनिश्चिततालाई हटाउने लक्ष्य राखेका छन्। प्रशिक्षणकार्यक्रम र स्टार्टअप क्षमता निर्माण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

बिहिबार इम्बार्क कलेज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा स्नातक तहका विद्यार्थीलाई पढाईसगै सिप र कमाइमा कलेजले दृष्टि राखेको उल्लेख गरेको हो ।