विभिन्न स्थानमा आज पनि वर्षा

हिजोरअस्तिको तुलनामा आज शनिबार वर्षा हुने क्रम घट्ने अनुमान मौसमविद्ले गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,

आज दिउँसो : देशभर मौसम साधारणतया बदली (आकाशमा बादल) रहनेछ। यस क्रममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई र पहाड भूभागका केही स्थान, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक(दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति : देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यो खबर लेखिरहँदा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ।

मौसम महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थान आसपास छ।