प्रधानमन्त्री ओली आज चीन जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली शनिबारदेखि ५ दिनका लागि चीन भ्रमणमा जान लागेका हुन्।

चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (सांघाई कोअपरेसन अर्गनाइजेसन) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यहाँ जान लाग्नुभएको हो ।

चीन भ्रमण टोलीमा प्रधानमन्त्री ओलीको श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वउपप्रधानमन्त्री तथा सांसद पूर्णबहादुर खड्का, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् सांसद छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारी सहभागी हुनेछन्।

भ्रमण तथा कार्यक्रम सकेर प्रधानमन्त्री ओलीको टोली भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।