प्रधानमन्त्री चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँच दिने भ्रमणका लागि काठमाडौंबाट प्रस्थान गर्नुभएको छ । उहाँ हिमालय एअरलाइन्सको उडानमा चीनको राजधानी बेइजिङबाट पूर्व रहेको समुन्द्री किनार सहर थिएन्चिन जानुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान स्थानीय समय अनुसार दिउँसो ३ बजे थिएन्चिन पिनहाई अन्तर्राििष्ट्रय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । प्रधानमन्त्री भोलि र पर्सि उक्त शहरमा हुने सांघाई सहयोग संगठन ९एससीओ० को २५ औं शिखर सम्मेलनमा सहभागी हुनुहुने छ ।

उहाँ २७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यता जानुभएको हो । प्रधानमन्त्रीसँग उहाँकी धर्मपत्नी राधिका शाक्य, शिक्षामन्त्री रघु पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, काँग्रेस उपसभापति तथा सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार युवराज खतिवडा छन् ।

त्यसैगरी एमाले सचिव तथा सांसद छबिलाल पौडेल, परराष्ट्र सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीको निजी चिकित्सक डा। दिव्या सिंह शाह, निजी सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, चिफ अफ प्रोटोकल कुमारराज खरेल पनि प्रधानमन्त्रीको टोली सदस्यको रुपमा सोही उडानमा चीन गएका छन् ।

टोलीका अन्य सदस्यमा प्रधानमन्त्रीको निजी सचिवालयका दीपेन्द्र प्रसाद दाहाल, मनहरि दंगाल, छमानसिंह बुढाथोकी मगर र निजी सहयोगी राधा शाक्य छन् । सुरक्षा समूहबाट प्रमुख सुरक्षा अधिकृत कर्नेल सुमन थापामगर, निजी अंगरक्षक लेफ्टिनेन्ट कर्नेल दिवाकर खड्का, एसपी नवीन कार्की र सञ्चारकर्मीहरु उदय पोखरेल, प्रकाश सिलवाल, अनुपकुमार घिमिरे र दिनेश भण्डारी प्रधानमन्त्रीसँगै चीन उडेका छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, परामर्शदाता प्रदीप आचार्य र शाखा अधिकृत प्रदीप भट्टराईलाई भिभिआईपी टोलीमा सामेल गराइएको छ । बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओली उतैबाट सहभागी हुँदैछन् ।

एससीओ शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतसँग साइडलाइन वार्ता गर्ने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने साइडलाइन वार्ताबारे अधिकारीहरुले निश्चित गर्न सकेका छैनन् ।

प्रधानमन्त्री मंगलबार थिएन्चिनबाट राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । उहाँ बेइजिङको थिआनमेन स्क्वायरमा आगामी बुधबार आयोजना हुने भव्य सैनिक परेडमा सहभागी हुनुहुने छ ।

प्रधानमन्त्री ओली आज चीन जाँदै