एशियन लाइफ इन्स्योरेन्सले भदौ २२ देखि शेयर लिलामीमा बिक्री गर्ने

Asian life

एशियन लाइफ इन्स्योरेन्सले भदौ २२ गतेदेखि हकप्रदमा बिक्री नभएका ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक समूहको ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २८ हजार ४७३.८१ कित्ता शेयर लिलामी गर्न लागेको हो ।

आवेदन भदौ २२ गतेदेखि भदौ २९ गते सम्म दिन सकिन्छ सम्म । जसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएकोले सोभन्दा बढी मूल्यमा आवेदन दिनुपर्नेछ । काठमाडौँ भित्र: मुक्तिनाथ क्यापिटलको कार्यालय, नक्सालबाट शिलबन्दी फारम लिएर आवेदन दिन सकिनेछ। काठमाडौं बाहिर: मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयहरू (थिमी, कुमारीपाटी, विराटनगर, बुटवल, पोखरा लगायतका १६ शाखा) बाट आवेदन दिन सकिनेछ।

यो लिलामी प्रक्रिया गत असार २५ देखि साउन २० गतेसम्म निष्कासन गरिएको १:०.४२ अनुपातको हकप्रद शेयरमा बिक्री नभएको शेयरको लागि हो ।