नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप तरलता संकलन गर्ने निर्णय गरेको छ। अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले ५५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत तान्ने भएको हो।
राष्ट्र बैंकका अनुसार आजै अर्थात् भदौ १५ गते मध्यान्ह ३ बजे बोलकबोल प्रक्रियामार्फत सो बराबरको रकम २१ दिनका लागि संकलन गरिनेछ। यस निक्षेपको सावाँ तथा ब्याज भुक्तानी मिति आगामी असोज ५ गते तय गरिएको छ।
निक्षेप संकलनको बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडको गुणकमा विभाज्य हुने गरी रकम पेश गर्नुपर्नेछ। ब्याजदर बोलकबोलकै आधारमा निर्धारण हुनेछ।
यसअघि जस्तै, निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूमात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। साथै, यो प्रक्रियामा एकल ब्याजदर वा बहुब्याजदर दुवै माध्यमबाट प्रस्ताव पेश गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
केन्द्रिय बैंकको भनाइअनुसार, यो कदमले बजारमा देखिएको अत्यधिक तरलता नियन्त्रण गर्दै मौद्रिक नीति प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।