वर्षापछिको बाढी र पहिरोको कारण आज देशका १६ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। राजमार्ग बन्दा हुँदा यात्रुले सास्ती पाएका छन्।
आज काठमाडौँको धार्के सडक, संखुवासभाको भोटखोलास्थित कोसी राजमार्ग, रसुवाको नेपाल-चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, नुवाकोटको पासाङ ल्यामु सडक, म्याग्दीको बेनी-दरवाङ सडक बाढीपहिरोको कारण पूर्णरुपमा अवरुद्ध छ।
त्यसैगरि लमजुङको बेंसीसहर-मनाङ सडक, रोल्पाको घोराही-थवाङ सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट(डोल्पा(भेरी करिडोर, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको जाजरकोट सडकखण्ड, जजारकोटकै मध्यपहाडी राजमार्ग, जाजरकोटकै जाजरकोट-खलंगा -रिम्ना सडक, रुकुम पश्चिमको जाजरकोट डोल्पा-भेरि करिडोर सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, नवलपरासीपूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्गमा एकतर्फी गाडी चलेका प्रहरीले जनाएको छ।
अवरुद्ध राजमार्गको पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास जारी रहेको पनि प्रहरीको भनाई छ।