नबिल बैंक र निम्बजबिच डेटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस समझदारीसँगै बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डेटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्नेछन् ।
उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरे । यससँगै बैंकको एपमार्फत ग्राहकले चीन, भारत, अमेरिका, अस्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानडालगायत दुई सयभन्दा बढी देश र क्षेत्रका लागि डेटा ई–सिम लिन सक्नेछन् ।
बैंकका अनुसार विभिन्न देश र क्षेत्रमा भ्रमणमा जाने, विद्यार्थी तथा वैदेशिक रोजगारीमा जानेले बैंकको एपबाटै सम्बन्धित देशको अन्तर्राष्ट्रिय डेटा प्लान खरिद गर्न सक्नेछन्