बसको टिकट खरिद गर्दा सानिमा बैंकद्वारा क्यासब्याक पाइने ! तर कसरी जोडिने ?

सानिमा बैंकले बसको टिकट खरिद गर्दा क्यासब्याक योजना ल्याएको छ । यसका लागि बैंकले बस सेवासँग समझदारी गरेको छ ।

जसअनुसार बैंकका ग्राहकले सानिमा भिसा डेबिट–क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बस सेवाबाट नेपालभरिको टिकट खरिद गर्दा १५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म छुट पाउनेछन् । त्यसैगरी भारतको बस टिकटको खरिद गर्दा पनि १५ प्रतिशत वा अधिकतम चार सय रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ ।

आइतबारदेखि लागू भइसकेको योजना आगामी १४ फागुनसम्म चल्नेछ ।