रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नवौँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा कम्पनीले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँमा छुट्टा–छुट्टै कार्यक्रम गरेको जनाएको छ ।
कम्पनीका कर्मचारी तथा एडभाइजरहरूको समेत सहभागितामा केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट बिमा जागरणसहितको प्रभातफेरी कार्यक्रम निकालिएको थियो । उक्त प्रभातफेरी मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुन: ज्ञानेश्वर पुगेर समापन भएको थियो ।
यही अवसरमा कम्पनीले महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखामा रक्तदान तथा स्थास्थ्य शिविर पनि सम्पन्न गरेको छ ।