रुपन्देहीमा हुने चुनावका बारेमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भन्छन् :
आसन्न रूपन्देही-३ को प्रतिनिधिसभा उपनिर्वाचन सामान्य चुनाव हो र सामान्य चुनाव हैन पनि ।यो सामान्य चुनाव हो किनकि यसको परिणामले संसदीय अंकगणितमा कुनै फरक पार्दैन र सरकारको स्थीरतालाई पनि कुनै तात्विक असर गर्दैन।
परन्तु यो सामान्य नभएर ऐतिहासिक महत्वको चुनाव पनि हुनसक्छ । यदि नयाँ र वैकल्पिक शक्तिहरूले एकताबद्ध र सुझबुझपूर्ण तबरले जनताको पुराना शक्तिप्रतिको निराशा र आक्रोशलाई प्रष्ट अग्रगामी विकल्पको मार्गचित्रसहित सकारात्मक विजयमा परिणत गर्नसके भने यो २०८४ को निर्वाचनकालागि राम्रो प्रारम्भिक रिहर्सल हुनसक्छ।
अतः नयाँ र वैकल्पिक शक्तिहरूका जिम्मेवार नेताहरूले उक्त निर्वाचन क्षेत्रका राम्रा सम्भावना संगसंगै ठोस विशेषता र चुनौति समेतलाई ध्यान दिएर एक्लाएक्लै डम्फू बजाउनु सट्टा उपयुक्त साझा उमेदवार उठाउने र जनताको भावनालाई कदर गर्नेतर्फ ध्यान दिउन्।