आजको डिजिटल युगमा स्मार्टफोनहरू दैनिक जीवनको अपरिहार्य भाग बनेका छन्। यद्यपि, हामीले हरेक दिन प्रयोग गर्ने धेरै एपहरूले हाम्रो गोपनीयतामा गम्भीर जोखिम निम्त्याउन सक्छन्।
त्यसैले प्रयोगकर्ताहरूले आफ्नो फोनमा रहेको कुनै एपले धेरै डाटा सङ्कलन गरिरहेको छ कि छैन भनेर थाहा पाउनु जरुरी हुन्छ।
एपहरूले कुन डाटा सङ्कलन गर्छन् र कसरी प्रयोग गर्छन् भन्नेबारे सचेत हुनु महत्त्वपूर्ण भएको भन्दै विज्ञहरूले चेतावनी दिएका छन्।
विशेष गरी निःशुल्क र विज्ञापन–समर्थित केही एपहरूले प्रायः तिनीहरूको आधारभूत फङ्गसन्यालिटी (कार्यक्षमता) को लागि आवश्यक भन्दा बढी डाटा सङ्कलन गर्छन्।
उदाहरणका लागि मौसमसम्बन्धी एपहरूले तिनीहरूलाई आवश्यकता नपर्ने तपाईंको स्थानमा पहुँच अनुरोध गर्न सक्छन्।
साथै, क्यान्डी क्रश सागाजस्ता विज्ञापन–समर्थित खेलहरूले एपहरूमा तपाईंको गतिविधिहरू ट्र्याक गर्न सक्छन् र तेस्रो–पक्ष विज्ञापनदाताहरूसँग त्यो डाटा साझेदारी गर्न सक्छन्।
एप्पल एप स्टोर वा गुगल प्लेबाट एप डाउनलोड गर्नु अघि एपले कुन डाटा सङ्कलन गर्छ र यो कसरी प्रयोग गरिन्छ भनेर जाँच गर्नुपर्छ।