इन्फिनिक्सले नेपालमा हट ६० प्रो सिरिज सार्वजनिक, मिड–रेञ्ज स्मार्टफोनमा नयाँ मानक

स्मार्टफोन निर्माता इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ हट ६० प्रो सिरिज सार्वजनिक गरेको छ। यस अन्तर्गत हट ६० प्रो प्लस र हट ६० प्रो दुई दमदार मोडेल बजारमा उपलब्ध छन्, जसले मिड–रेञ्ज सेगमेन्टमा नयाँ उचाइ तय गरेको कम्पनीले जनाएको छ।

हट ६० प्रो प्लस : सेगमेन्टको सबैभन्दा पातलो स्मार्टफोन

हट ६० प्रो प्लस केवल ५.९५ मिलिमिटर पातलो र १५५ ग्राम वजनको छ। यसमा ५१६० mAh ब्याट्री रहेको छ, जसले ४५ वाट फास्ट चार्जिङ सपोर्ट प्रदान गर्छ। फोनमा १.५के कर्भ्ड एमोलेड डिस्प्ले (१४४ हर्ज रिफ्रेस रेट) र मिडियाटेक हेलियो जी२०० प्रोसेसर छ।

मुख्य क्यामेरा ५० मेगापिक्सेल सोनी IMX882 एआई र एआर इञ्जिनसहित उपलब्ध छ। यसमा ८ जीबी र्याम (१६ जीबी सम्म एक्सटेन्ड) र १२८ जीबी स्टोरेज छ। इन-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, इन्फिनिक्स एआई इन्फिनिटी सिस्टम र अन्य स्मार्ट विशेषताहरू पनि समावेश छन्। यस मोडेलको मूल्य रु. २६,९९९ राखिएको छ।

हट ६० प्रो : गेमिङ र मनोरञ्जनका लागि उपयुक्त

हट ६० प्रो ६.६ मिलिमिटर पातलो डिजाइन र १७० ग्राम वजनमा उपलब्ध छ। यसमा १.५के एमोलेड डिस्प्ले (१४४ हर्ज) रहेको छ, जुन कोर्निङ गोरिल्ला ग्लासले सुरक्षित गरिएको छ।

फोनमा ५१६० mAh ब्याट्री, ८ जीबी र्याम, १२८ जीबी स्टोरेज, र ४५ वाट फास्ट चार्जिङ सपोर्ट छ। गेमिङ र भिडियो हेर्ने प्रयोगकर्ताका लागि यो मोडेल किफायती र प्रभावकारी विकल्प मानिएको छ। यस मोडेलको मूल्य रु. २०,९९९ निर्धारण गरिएको छ।

दुवै मोडेल अब नेपालभर विभिन्न आकर्षक रंगमा उपलब्ध छन्। प्रिमियम डिजाइन र पावरफुल स्पेसिफिकेसनलाई किफायती मूल्यमा उपलब्ध गराउँदै हट ६० प्रो सिरिजले मिड–रेञ्ज सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड सेट गरेको कम्पनीले जनाएको छ।