नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा नेपाल निर्जीवन बीमा व्यवसायी सघंका अध्यक्ष राजेन्द्र मल्ललाई प्रोफेशनल अचिभमेन्ट अवार्ड टिमले प्रदान गर्ने आईकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित गरिएको छ ।
मल्ललाई नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसा स्वरुप आईकोनिक इन्टरप्रिनरसिप अवार्ड प्रदान गरिएको हो ।
विगत चार दशकदेखि निरन्तर उद्योग, वाणिज्य र बीमा क्षेत्रसँग आबद्ध रहेर निजी क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
सम्मान ग्रहण गरेपछि मल्लले आईकोनिक इन्टरप्रिनरसिप अवार्डले आफूलाई अझ ठूलो जिम्मेवारी थपिएको महसुस भएको बताए ।
मल्ल स्वश्च छवि निडर र स्पष्ट व्यवसायिक व्यक्तित्वका रूपमा परिचित छन् ।