पुटिनको विदेश यात्राका क्रममा अंगरक्षकले उनको पिसाब र दिसा सिलबन्दी गरी प्याकेटमा जम्मा गर्छन् । फर्किँदा विशेष सुटकेसमा हालेर मस्को लगिन्छ । पुटिनको जैविक प्रमाण बाहिरिन नदिन सन् २०१७ देखि रुसी राष्ट्रपतिका सहयोगीले यो प्रोटोकल अपनाएका हुन् ।
दुश्मनहरूले रुसी राष्ट्रपतिको स्वास्थ्य समस्या देखि डिएनएबाट पत्ता लगाउन सक्ने अन्य तथ्य गुप्त राख्न यसो गरिएको हुनसक्ने बताइन्छ । पछिल्लो महिना अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि पनि पुटिनले दिसापिसाब प्याक गरेर सँगै मस्को लगेको चर्चा भएको थियो ।