मधेश प्रदेशमा आज सार्वजनिक विदा

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार
मधेस प्रदेश

जनकपुर । मधेश प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ ।

मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेश प्रदेश सरकारले प्रदेशभरी विदा दिएको छ ।

मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सुचना जारी गर्दै भोली मधेश प्रदेश भरी सार्वजनिक विदा रहेको जानकारी दिएका छन् ।

२०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा बमोजिम आज शुक्रबार विदा दिइएको सुचनामा उल्लेख रहेको छ ।

प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा विदा दिँइदै आइएको छ ।

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार