काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बङ्गलादेशबीच दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएका छन् । फिफा इन्टरनेशनल विन्डो अन्तर्गत आयोजना हुने यी खेलहरूको सम्पूर्ण तयारी पूरा भइसकेको एन्फाले जनाएको छ ।
प्रतियोगिताको मार्केटिङ तथा डिजिटल अधिकार एडी रिलिज प्रालिलाई दिइएको छ भने दुबै खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्स एचडीबाट गरिनेछ ।
खेलको टिकट दर भिआइपी पाराफीटका लागि रू १,००० र सामान्य पाराफीटका लागि रू ५०० निर्धारण गरिएको छ । एन्फाका अनुसार ९,००० सामान्य र १,००० भिआइपी टिकट बिक्रीमा आउनेछ ।
खेलका दिन दशरथ रंगशालाका सम्पूर्ण गेटहरू खुला राखिनेछ भने दर्शकहरूले आफ्नो टिकटमा उल्लेख गरिएको गेटबाट प्रवेश गरी तोकिएको सिटमा बस्नुपर्नेछ ।
एन्फाका अनुसार प्रतियोगिताको अनुमानित खर्च १ करोड २७ लाख ५८ हजार १६८ रहनेछ अनुमानित ९३ हजार ८१० अमेरिकी डलर रहेको छ ।
दर्शकहरूले ’खल्ती’ डिजिटल वालेटमार्फत टिकट खरिद गर्न सक्नेछन् ।