आज पनि मुलुकका विभिन्न स्थानमा ठूलो पानी पर्ने

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति पनि देशभर साधारणतथा बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ ।

 

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार