सुनमा एकैदिन २५०० बढ्यो, चाँदीले पनि तोड्यो रेकर्ड

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार

बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार एकैदिन उल्लेख्य वृद्धि भएको छ । नेपाली बजारमा आज सुन प्रतितोला २५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । बिहीबार भने यो मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँमा स्थिर रहेको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २४८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २४९० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार