सेन्साइको दशैं–तिहार अफर: २५ प्रतिशत क्यास ब्याक र मोटरसाइकल जित्ने मौका

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार

जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्राण्ड सेन्साइले यसपालि दशैं, तिहार र छठलाई लक्षित गर्दै उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ।

यस योजना अनुसार ग्राहकहरूले सेन्साइका घरायसी सामानहरू खरिद गर्दा:

  • २५ प्रतिशतसम्म क्यास ब्याक पाउने

  • पक्का उपहार पाउने

  • मासिक उपहारमा सेन्साइ वासिङ मेसिन र हिरो स्प्लेन्डर मोटरसाइकल जित्ने अवसर पाउने छन्।

योजना अन्तर्गत ग्राहकहरूले सामान खरिद गरेपछि विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरी विवरण पठाउनुपर्नेछ।

विशेष अफरहरू:

  • ४३ इन्चसम्मको टिभीमा क्यास ब्याक, सो भन्दा माथिको टिभीमा सावोमिको पोर्टेबल स्पिकर।

  • रेफ्रिजेरेटर, भ्याकुम क्लिनर र सेस्ट फ्रिजरमा क्यास ब्याक।

  • सेमि–अटोमेटिक वासिङ मेसिनमा ३ केजी, फ्रन्ट–लोड वासिङ मेसिनमा ६ केजी यरियल।

  • शुन्य प्रतिशत इएमआइ सुविधा, पुराना घरायसी सामानसँग उच्च मूल्याङ्कनमा एक्स्चेन्ज।

  • टिभी खरिदमा ९ महिनाको निःशुल्क नेट टिभी सदस्यता।

सेन्साइले हरेक चाडपर्वमा ग्राहकहरूको जीवनशैलीलाई सहज, रमाइलो र आधुनिक बनाउने परम्परा निरन्तरता दिएको छ।

यो अफर भाद्र १९ देखि नेपालभरका सबै सिजीका शोरुम र आधिकारिक विक्रेतामा उपलब्ध छ।

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार