दशैं–तिहारको अवसर पारेर युरोपको नं १ होम एप्लायन्स ब्राण्ड बेको ले उपभोक्ताहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत उपभोक्ताले आधुनिक र भरपर्दो उत्पादन खरिद गर्दा रु. ४१,४०० सम्मको बचतसहित पक्का उपहार प्राप्त गर्नेछन्।
बेकोका उत्पादनहरूमा १०० प्रतिशत पार्ट्स उपलब्धता र सेवा ग्यारेन्टी रहेको छ भने १२ वर्षको वारेन्टी को सुविधा समेत प्रदान गरिएको छ। साथै, होम उइज ब्लुटुथ कनेक्सन प्रविधि सहितका अत्याधुनिक उपकरणहरूले उपभोक्ताको जीवनलाई सहज र रमाइलो बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ।
विशेष अफर अन्तर्गत:
- वासिङ मेसिन खरिदमा ६ केजीको एरियल,
- डिस वासर मा २ प्याकेट ट्याबलेट,
- रेफ्रिजेरेटर मा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर,
- फ्रि स्ट्यान्डिङ ओभन मा सीजीको प्रेसर कुकर,
- एयर कन्डिस्नर मा निःशुल्क जडान सुविधा उपलब्ध हुनेछ।
यो अफर नेपालभरका सीजी इलेक्ट्रोनिक्सका शोरुम र अधिकृत डिलर नेटवर्कमार्फत पाइनेछ। ग्राहकहरूको सहजताका लागि शून्य इएमआईमा खरिद र एक्सचेन्ज योजना समेत लागू गरिएको छ। यस योजनाअन्तर्गत पुराना सामान उच्च मूल्याङ्कनमा साट्न सकिनेछ।
यो अफर भाद्र १९ गतेदेखि नेपालभर लागू भइसकेको छ।