नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ साधरणसभाले भागवत भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
आज शनिबार भएको मतदानमा भट्टराई ११० मतसहित अध्यक्षमा विजयी हुनुभयो ।
यस्तै उपाध्यक्षमा जीवन बस्नेत निर्विरोध चयन हुनुभयो । महासचिवमा कमल बस्नेत र कोषाध्यक्षमा केशु लामिछाने विजयी हुनुका साथै सचिवमा शंकर पण्डित निर्विरोध चयन हुनुभएको सेजन निर्वाचन समितिले जनाएको छ ।
सेजनको सदस्यहरूमा अर्जुन तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बाँस्कोटा र सीमा तामाङ विजयी हुनुभएको हो ।