नेपाल कुरियर सेवा संघको ३१ औँ बार्षिक साधारण सभा सम्पन्न – तस्विरसहित

शनिबार नेपाल कुरियर सेवा संघको ३१ औँ बार्षिक साधारण सभा तथा कुरियर दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कुरियर सेवा सञ्चालनमा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा काम गर्ने बताएका छन्  उनले कुरियर सेवालाई सरकारले गर्नुपर्ने नियमन र व्यवस्थित गर्न नीतिगत काम गर्ने बताएका हुन् ।

त्यसैगरी उनले, सरकारले दिनुपर्ने, मन्त्रालयले दिनुपर्ने, वाणिज्य क्षेत्र खासगरी घरेलु बजार भन्दा अझ बढी उन्नत र तपाईंको अन्तर्राष्ट्रिय मार्केट भइसकेपछि त्यसलाई नियमन गर्ने, यसलाई व्यवस्थित गर्ने, तपाईंहरूको सेवालाई आकर्षक बनाउने। त्यहाँ त्यसमा आइपर्ने अनेक खालका कतै चोरीको कुरा होला, कहीँ अवैध खालका घुसपैठिका विषयहरू होलान् । त्यसलाई कसरी समाधान गर्न म उपयुक्त समयमा चाँडै मन्त्रालयमा आमन्त्रण गर्ने छु, छलफल गर्ने छु भन्दै मन्त्रालयको धोका यहाँहरुलाई सदैव खुल्ला रहेको बताएका छन् ।’

उनले आजको डिजिटल प्लेटफर्मको विकासले हुलाक सेवा विस्थापन भए पनि संसारभरका नेपालीलाई जोड्न सफल भएको बताए।  व्यवसायलाई मर्यादित, भरपर्दो बनाउन आइपरेका समस्याको पहिचान गरी कार्यविधि र नियमावली बनाउनुपर्ने समेत बताए ।

कार्यक्रममा उद्योगमन्त्री प्रतिनिधिसभा सदस्य रामहरि खतिवडा ,निजी क्षेत्र छता संगठनका प्रतिनिधि तथा कुरियर व्यवसायीको उल्लेख्य रुपमा उपस्थिति थियो ।

तस्बिरहरु :