बीमा प्राधिकरणकाे अध्यक्षका लागि १३ जनाले दरखास्त दिएका छन्। सरकारले गत भदौ १३ गते सार्वजनिक विज्ञापनमार्फत आवेदन आह्वान गरेको थियो। सोही अनुरूप तोकिएको म्याद शुक्रबार सकिँदासम्म १३ जना दावेदार अगाडि आएका हुन्।
अध्यक्ष पदका लागि आवेदन दिनेहरूमध्ये विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देवकुमार ढकाल, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, महेश्वर न्यौपाने, प्रा.डा. दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे र पारस काफ्ले छन्।
आवेदकहरू मध्ये दामोदर बसौला स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक हुन्। चिन्तामणी शिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर रहेका छन्। त्यस्तै, देवकुमार ढकाल र डा. राजेन्द्र पण्डित राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।
अब सरकारले दरखास्त पेस गर्ने उम्मेदवारको मूल्याङ्कन गरी प्राधिकरणको नेतृत्व चयन गर्ने तयारी गरेको छ।