नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै आइतबार फेरि नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर २ लाख १२ हजार रुपैयाँमा पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि शुक्रबार मात्र सुन प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भई २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। लगातार वृद्धि भएपछि सुनको मूल्य अझै बढ्ने अपेक्षा गरिएको छ।
सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा २ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा ८ रुपैयाँले वृद्धि भई २ हजार १४३ रुपैयाँमा पुगेको छ।