नयाँ कार्यसमितिको चयन : सेजन अध्यक्षमा भट्टराई

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औं अधिवेशन तथा साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले अध्यक्षमा भागवत भट्टराईलाई निर्वाचित गरेको छ । भट्टराईले ११० मत ल्याउँदै विजय हासिल गरेका हुन् ।

अध्यक्ष पदमा उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९० मत र आशा थपलियाले ४१ मत प्राप्त गरेका थिए । महासचिवमा कमलकुमार बस्नेत विजयी बनेका छन् । बस्नेतले १३९ मत पाउँदा उनका प्रतिद्वन्द्वी अच्युत पुरीले १०४ मत ल्याए ।

त्यस्तै, कोषाध्यक्षमा केशु लामिछाने निर्वाचित भएकी छिन् । उनले १३३ मत ल्याउँदा प्रतिस्पर्धी ममता थापाले १०८ मत प्राप्त गरिन् । यसअघि उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भइसकेका थिए ।

सदस्यतर्फ अर्जुन तामाङ १४१ मत, कमल धिताल १८५ मत, भोजराज भण्डारी १४६ मत, राजु बास्कोटा १५९ मत र सिमा तामाङ १६२ मतसहित विजयी भएका छन् । सेजनको २७औं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो ।