ट्रायम्फले इटहरीमा नयाँ शोरूम उद्घाटन, अटो सिटीलाई आधिकारिक डिलर नियुक्त

विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले आज इटहरीमा आफ्नो नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ। शोरूमको आधिकारिक डिलर अटो सिटीलाई नियुक्त गरिएको छ।

यो उद्घाटनले प्रदेश १ र पूर्वी नेपालमा ट्रायम्फको उपस्थिति थप मजबुत बनाउनेछ र मोटरसाइकलप्रेमीहरूलाई अन्तर्राष्ट्रिय स्तरका मोटरसाइकल र सेवाहरू सहज रूपमा उपलब्ध गराउने अवसर सिर्जना गर्नेछ। उद्घाटन कार्यक्रममा स्थानीय गणमान्य व्यक्ति, बाइकर समुदाय र मोटरसाइकलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले इटहरीमा प्रिमियम मोटरसाइकलप्रतिको बढ्दो रुचि देखाएको छ।

अटो सिटीका जयन्त संथालियाले भने, “इटहरी र पूर्वी नेपालका राइडरहरूका लागि ट्रायम्फ शोरूम स्थापना हुनु ठूलो उपलब्धि हो। हामी उत्कृष्ट बिक्री, सेवा र ग्राहक अनुभव प्रदान गर्न प्रतिबद्ध छौं।”

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, “ट्रायम्फ मोटरसाइकल केवल सवारी साधन होइन, यो विश्वासको प्रतीक हो। इटहरीको मोटरसाइकल प्रेमी समुदायसँग हाम्रो सम्बन्ध अझ मजबुत बनाउने अवसर पाउँदा हामी उत्साहित छौं।”

नयाँ शोरूममा प्रशिक्षित जनशक्ति, अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा, साथै बिक्री, सेवा र स्पेयर पार्ट्सको पूर्ण ३एस सुविधा उपलब्ध हुनेछ। यसमार्फत इटहरी र वरपरका ट्रायम्फप्रेमीहरूले उच्चस्तरीय मोटरसाइकल, भरपर्दो सेवा र ओरिजिनल पार्ट्स सहज रूपमा प्राप्त गर्न सक्नेछन्।