नेपाल ईभी प्रवर्द्धन गर्ने अग्रणी देशहरूमध्येमा पर्छ : अर्थसचिव

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपाल पछिल्लो समय विद्युतीय सवारी (ईभी) प्रबर्दन विश्वका अग्रणी देशहरूको सूचीमा प्रवेश गरिसकेको बताएका छन् ।

आईतबार एक कार्यक्रममा बोल्दै सचिव उपाध्यायले ईभी क्षेत्रलाई थप सुदृढ बनाउन नीति, प्रक्रिया, निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

उनले भने, ‘पछिल्लो समय विश्वकै परिदृश्यमा नेपाल ईभी प्रमोशन गर्ने सिंगल डिजिटको कन्ट्रीमा आइसकेको अवस्थामा पनि केही पोलिसीमा गर्नुपर्ने रिफर्महरू, केही प्रोसेसमा गर्नुपर्ने रिफर्महरू, केही प्राइभेट सेक्टरको इनिसिएटिभहरू हुनुपर्ने र केही पब्लिक सेक्टर र पिपुल सेक्टरमा पनि धारणा क्लियर गराउनुपर्ने थप जागरुकता सिर्जना गर्न आवश्यक छ ।

उनले ईभी क्षेत्रको प्रमुख समस्याको रूपमा रहेको पूर्वाधार विकासका लागि सार्वजनिक–निजी सहकार्य (पब्लिक-प्राइभेट-पार्टनरसिप) अनिवार्य भएको बताए ।
कार्यक्रममा उनले नीति निर्माणमा आवश्यक सुधारसहित सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘पोलिसी बनाउनुपर्ने समेत आवश्यकता देखिन्छ । यो सेक्टरको प्रमुख समस्याको रुपमा रहेको जुन पूर्वाधार विकास छ यो पूर्वाधार विकास डेभलपमेन्ट गर्न पब्लिक र प्राईभेट सेक्टरले पार्टनरसिप गर्नुपर्ने अवस्था छ ।