कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज भदौ २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।