एभरेष्ट बैंकको सीईओमा पुन: खालिङ नियुक्त

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: सुदेश खालिङ राई नियुक्त भएका छन्। बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनलाई पुन: सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकको अनुसार उनको नयाँ कार्यकाल असोज ८ गतेदेखि सुरु हुने छ। उनलाई बैंकले २०७८ असोजमा सीइओ नियुक्त गरेको थियो। ४ वर्षको कार्यकाल सकिएपछि बैंकले उनलाई नै दोस्रो कार्यकालको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।