‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’अन्तर्गत शिवम् सिमेन्टको तेस्रो भिडियो सार्वजनिक

नेपालको प्रतिष्ठित सिमेन्ट उद्योग शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’अन्तर्गत तेस्रो भिडियो सार्वजनिक गरेको छ ।

भिडियोमा जीवनको एक–एक सेकेन्ड समयको महत्वलाई दर्साउन खोजिएको छ । एकजना साथी समयमै आफ्नो एकजनाा लागि एयरपोर्ट पुगिसकेको र अर्को एकजना आफ्नो उडान समय डिले हुने भन्दै निर्धारित समयसम्म घरै बसेको देखाइएको छ । यसलाई समयसँग जोडेर समयको मामलामा नो कम्प्रमाइज भन्ने सन्देश भिडियोमार्फत देखाइएको छ ।

यसअघि कम्पनीले क्याम्पेनको पहिलो चरणमा ट्राफिक प्रहरीको जीवन मार्फत कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सामाजिक सन्देशमूलक प्रचार भिडियो सामग्री सार्वजनिक गरेको थियो । कम्पनीको यो अभियान विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको बताइएको छ ।

यस कम्पनीले स्थापनाकालदेखि नै ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।