नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान कायम गरेको शिवम् सिमेन्टले आफ्नो ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ।
यस पटकको भिडियोमा समयको महत्वलाई विशेष रुपमा प्रस्तुत गरिएको छ। कथामा दुई साथीबीचको यात्राको प्रसङ्ग देखाइएको छ, जसमा एक जना यात्रु समयमै एयरपोर्ट पुग्छन् भने अर्का साथी जहाज डिले हुने आशामा ढिलो पुग्छन् तर जहाज तोकिएको समयमा नै उड्छ। यस दृश्यमार्फत “समयको मामलामा नो कम्प्रमाइज” भन्ने सशक्त सन्देश प्रवाह गरिएको छ।
शिवम् सिमेन्टले यसअघि पनि सामाजिक सन्देशयुक्त भिडियोहरु सार्वजनिक गरिसकेको छ। पहिलो भिडियोमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनकथामार्फत “कर्तव्यको मामलामा नो कम्प्रमाइज” भन्ने सन्देश दिइएको थियो। दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौता प्रस्तुत गरी “सर्तकताको मामलामा नो कम्प्रमाइज” भन्ने चेतना जगाउने प्रयास गरिएको थियो। यी दुवै सामग्रीलाई दर्शकले अत्यधिक रुचाएका थिए।
शिवम् सिमेन्टका अनुसार “नो कम्प्रमाइज भन्न जति सजिलो छ, त्यति नै व्यवहारमा पुरा गर्न कठिन हुन्छ, तर जसले पुरा गर्छ उसको शिर सँधै ठाडो हुन्छ” भन्ने संदेश कम्पनीको मूल दर्शन हो।
स्थापना कालदेखि नै केवल ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रीमा केन्द्रित शिवम् सिमेन्टले गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धलाई आफ्नो प्राथमिकतामा राख्दै आएको छ। कम्पनीले कुनै पनि परिस्थितिमा गुणस्तरमा सम्झौता नगर्ने अडान लिएर निरन्तर बजारमा आफ्नो उपस्थिति मजबूत बनाउँदै आएको छ।
यसै क्रममा शिवम् सिमेन्टले “गुणस्तरको पहिचान हो शिवम्”, “भरोसा अटुट सम्बन्धको”, र “कर्तव्यको मामलामा नो कम्प्रमाइज” जस्ता नारामार्फत आफ्नो ब्राण्ड मूल्यलाई स्थापित गरेको छ। कम्पनीको यो निरन्तर प्रतिबद्धताको सम्मानस्वरूप शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी बनेको छ जसले उत्कृष्ट गुणस्तरका आधारमा राष्ट्रिय स्तरको एनएस क्वालिटी अवार्ड २०१९ प्राप्त गरेको हो।