मानुषी लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र संचालक कमल प्रसाद शिलवालले पदबाट राजिनामा दिएका छन्।
भदौ २२ गते आइतबार बसेको संचालक समितिको बैठकले शिलवालको राजिनामा स्वीकृत गरेको हो। शिलवालले आफ्नो घरायसी कारण देखाउँदै राजिनामा दिएका हुन्।
यस निर्णयसँगै मानुषी लघुवित्तको संचालक समिति पुनः संरचना हुने अपेक्षा गरिएको छ। संस्थाले नयाँ सञ्चालक चयन प्रक्रिया अघि बढाउने जनाएको छ।