नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन्। गत बिहीबार (भदौ १९ गते) मन्त्रिपरिषद्को निर्णयअनुसार पौडेल कम्पनीको अध्यक्षमा नियुक्ति भएका हुन्। उनको कार्यकाल आगामी चार वर्षको हुनेछ।
नवनियुक्त अध्यक्ष पौडेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवंतक पोखरेलको उपस्थितिमा औपचारिक रूपमा सपथ ग्रहण गरेका छन्।
पौडेलको नेतृत्वमा कम्पनीले आगामी दिनमा बीमा क्षेत्रको विकास र पुनर्बीमा सेवामा सुधारतर्फ केन्द्रित काम गर्ने अपेक्षा गरिएको छ।