गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, साउदी अरबले हाफर अल–बातिनमा पानस बहादुर विकको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
समिति गठन कार्यक्रममा नेपाली श्रमिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। नवगठित समितिले नेपालीहरूको हित र अधिकारको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।
समितिको उपाध्यक्षमा माधव राज लुईंटेल, सचिवमा श्याम गिरी, सह–सचिवमा रोशनराज भण्डारी, कोषाध्यक्षमा मिलन लामा, सह–कोषाध्यक्षमा राज कुमार श्रेष्ठ, युवा संयोजकमा अनिल मगर र प्रवक्तामा सन्तोष जैसवाल चयन भएका थिए।
सदस्यहरूमा हरि शरण अधिकारी, मोतीबहादुर विश्वकर्मा, बलबहादुर विक, देवनन्द रोक्का र बिरेन्द्र ठकुल्ला रहेका थिए। समितिको संरक्षक मण्डलमा रामबहादुर लामा (प्रमुख संरक्षक), मनिष कोइराला र होम राज बास्तोला रहेका थिए। प्रमुख सल्लाहकारको रूपमा विष्णु भण्डारी र सल्लाहकारहरूमा राजु के.सी., गोविन्द के.सी. र भरत कुमार राना मनोनित भएका थिए।
समितिका पदाधिकारीहरूले हाफर अल–बातिनमा कार्यरत नेपाली श्रमिकहरूको आवाज बुलन्द गर्ने, उनीहरूलाई आवश्यक सहयोग गर्ने र साझा मञ्चको रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
समितिले आगामी दिनमा विभिन्न सामाजिक, सांस्कृतिक र श्रमिक हितका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना बनाएको थियो। कार्यक्रममा नेपाल सरकारका साउदी अरबस्थित पर्यटन दूत राजेन्द्र अर्याल, एनआरएनए राष्ट्रिय समन्वय परिषदका वर्तमान अध्यक्ष उमेश भट्टराई, निर्वतमान अध्यक्ष रबिना अर्याल लगायत अन्य पदाधिकारी र सल्लाहकारहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो।