जेनजी प्रदर्शनकारीहरूले संघीय संसद् भवनको गेट तोडेर भित्र प्रवेश गरेका छन्।
प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोड्दै संसद भवनको पर्खाल चढेर भित्र प्रवेश गर्न सफल भएका हुन्। घटना पश्चात स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ।
यस घटनाले काठमाडौं उपत्यकामा सुरक्षा र सार्वजनिक जीवनमा अस्थायी तनाव सिर्जना गरेको छ। प्रहरीले थप कदम चाल्दै स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।