सरकारले आज ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल संकलन गर्ने भएको छ। यस पटकको बिक्री ९१ दिने ट्रेजरी बिलमार्फत हुनेछ।
चालु आर्थिक वर्षमा सरकारले कुल ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने लक्ष्य राखेको छ, जसमा १ खर्ब ३० अर्ब ट्रेजरी बिल्स अन्तर्गत संकलन हुने छ। सरकारले हालका बैंकहरूको अधिक लगानीयोग्य रकम र ब्याजदरको सस्तो अवस्थालाई ध्यानमा राख्दै आन्तरिक ऋणको मात्रामा वृद्धि गर्दै आएको छ।
ट्रेजरी बिल एक वर्ष वा कम अवधिको सरकारी ऋणपत्र हो। यसमा २८, ९१, १८२ र ३६४ दिनका विभिन्न किसिमका ट्रेजरी बिलहरू जारी गरिन्छ। गत १६ गतेको ट्रेजरी बिल बिक्रीमा ८१ दिने बिलको ब्याजदर २.३२ प्रतिशत र ३६४ दिने बिलमा २.६९ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको थियो।
ट्रेजरी बिलहरू बोलकबोल प्रणालीमार्फत निष्कासन गरिन्छ। यस प्रणालीमा विभिन्न बोलदाताले फरक–फरक मूल्य प्रस्ताव गर्छन् र औसत मूल्यमा वितरण गरिन्छ। यसले सरकारलाई द्रुत तरलता जुटाउन सहयोग पुर्याउँछ।
राष्ट्र बैंकबाट स्वीकृत बैंक, वित्तीय संस्था, गैर–बैंक संस्थाहरू र सर्वसाधारणले ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्छन्। यसमध्ये १५ प्रतिशत रकम अप्रतिस्पर्धीका लागि छुट्याइएको छ।