जेन-जीहरूको उग्र प्रदर्शनपछि ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी निस्किएका छन् ।
रास्वपा सभापति रवि लामिछानेसहितका कैदीहरू प्रदर्शन उग्र बनेपछि कारागारबाट बाहिरिएका हुन् ।
कारागारबाहिर प्रदर्शनकारीहरू पुगेसँगै कारागार प्रशासन निरीह बन्न पुगेको थियो । लगत्तै, लामिछानेसहितका कैदीहरू बाहिरिएका छन् ।
ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, अहिले कारागार पूरै खाली भएको छ । ‘कोही पनि कैदी अहिले कारागारमा छैनन् ।