हिमालयन बैक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको कुल दुई लाख १४ हजार ४९२.६७ कित्ता बिक्रीमा ल्याएको हो ।
चरणमा यो सेयर हाल बैककै संस्थापक सेयरधनीलाई खरिद गर्ने गरी प्राथमिकता दिइएको छ । खरिदकर्तालाई ३५ दिनभित्र बैंकको कानुन विभाग, हेरिटेज प्लाजा, कमलादी, काठमाडौंमा निवेदन दिन भनिएको छ ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा दोस्रो चरणमा उक्त आमलगानीकर्ताले खरिद गर्न मिल्ने गरी बिक्री खुला हुने बैकले जनाएको छ ।