एनसेलको आग्रह : दूरसञ्चारजस्तो अत्यावश्यक सेवा अवरुद्ध नगरौं

ncell

एनसेलले दूरसञ्चारजस्तो अत्यावश्यक सेवा अवरुद्ध नगराउन आग्रह गरेको छ । मंगलबार प्रदर्शनकारीले कम्पनीको केन्द्रीय कार्यालयमा तोडफोड तथा आगजनी गरेपछि विज्ञप्ति जारी गर्दै यस्तो बताएको छ ।

दूरसञ्चारजस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्तालाई मर्का पर्ने एनसेलले स्मरण गराएको छ । २०८२ साल भाद्र २४ गते मंगलबार यस कम्पनीको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड भएको छ ।

दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्ताहरूलाई मर्का पर्ने सुनिश्चित छ । यस्ता अत्यावश्यक सेवा तथा सम्पत्तिमाथि कुनै पनि क्षति नपुर्‍याइदिन र अविच्छिन्न सञ्चार सेवा प्रदान गर्न सहयोग गर्न एनसेलले सबैलाई आग्रह गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै, कम्पनीले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति समवेदनासमेत व्यक्त गरेको छ ।